ईमानको बारेमा प्रश्नगरिएको मा रसूल (सल्लल्लाहुअलैहिवसल्लम) ले यसरी जवाफ दिनुभएको थियो: “तिमी अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, कियामत (महाप्रलय) कोदिन र आफ्नो राम्रो-नराम्रो भाग्य माथि आस्था राख ।” (मुस्लिम: ८)
ईमानको बारेमा प्रश्नगरिएको मा रसूल (सल्लल्लाहुअलैहिवसल्लम) ले यसरी जवाफ दिनुभएको थियो: “तिमी अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, कियामत (महाप्रलय) कोदिन र आफ्नो राम्रो-नराम्रो भाग्य माथि आस्था राख ।” (मुस्लिम: ८)
ईमानका आधारहरू मानिसको हृदय देखि गरिने सत्कर्महरू हुन् जुन प्रत्येक मुसलमान माथि अनिवार्यछ । प्रत्येक मुस्लिमले ईमानका आधारहरूमा विश्वास र त्यसै अनुरुप कर्म गर्नु पर्छ, होइन भने उसको इस्लाम मान्य हुँदैन । त्यसैले यी सत्कर्म हरूलाई ईमानका आधारहरू भनिन्छ ।
ईमान र इस्लाम बीचको भिन्नता: इस्लाम भनेको भौतिक रूपमा गरिने सत्कर्महरु हुन्, जस्तैः मुखले इस्लाम आत्मसात गरेको घोषणा गर्नु, सलाह पढ्नु, जकात दिनु इत्यादि । र ईमान भनेको मनबाट गरिने सत्कर्महरु हुन्, जस्तैः अल्लाह र उहाँका ग्रन्थ र रसूलहरूमाथि आस्था राख्नु ।
ईमानको अर्थ र अवधारणा: कुनै पनि मुस्लिम को ईमान भन्नाले अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, कियामत (महाप्रलय) को दिन र राम्रो-नराम्रो भाग्य माथि दृढ विश्वास गर्नु हो । र अल्लाहको रसूल मुहम्मद (सल्लल्लाहुअलैहिवसल्लम) को पूर्ण अनुसरण गर्नु, जस्तैः मुखले लाइलाहाइल्-लाल्लाह भन्नु, कुरआनको तिलावत (पाठन) गर्नु, सुब्हानल्लाह, अल्लाहु-अकबरभन्नु, अल्लाहको प्रशंसा गर्नु इत्यादि ।
त्यसै गरी सलाह पढ्नु, हज्ज गर्नु र रमजान महिनाको ब्रत बस्नु इत्यादि । त्यसै गरी हृदय देखि अल्लाहलाई प्रेम गर्नु, उहाँ सित डराउनु, उहाँ माथि भरोसा गर्नु, उहाँको निष्ठा पूर्वक इबादत उपासना गर्नु इत्यादि ईमान अन्तर्गत पर्दछन् ।
विज्ञहरू निकट संक्षेपमा ईमान (आस्था) कोपरिभाषा: हृदय देखि विश्वास गर्नु, मुखले घोषणा गर्नु र त्यसै अनुसार कर्म (अमल) गर्नुनै ईमान हो । सत्कर्मले ईमान बढ्छ र कुकर्मले घट्छ ।